भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतवार क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको हो ।

ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राख्दै सुरुवाती ११ मा ललित राजवंशी र गुल्शन झालाई मौका दिइएको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बल खेल्दै ९ चौका मद्दतमा सर्वाधिक ७७ रनको अर्धशतकिय पारी खेले ।

आरिफ शेखले ५२ बलमा ५ चौका प्रहार गर्दै ४३ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, गुलशन झाले ३२ बल खेल्दा १ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाउँदा भिम सार्कीले ३७ बलको सामना गर्दै ४ चौका मद्दतमा २९ रन जोडे ।

नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कुशल मल्ल ९, कुशल भुर्तेल ८, सन्दिप लामिछाने र सोमपाल कामी समान २ रन जोड्दै पेविलियन फर्किदा विकेटकिपर आसिफ शेख शुन्य रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा ७ रन जोडेको थियो ।

युएईका लागि आयार्न अफजल खान, जाहोर खान, रोहन मुस्ताफा र जावर फरिदले समान २–२ विकेट हात पार्दा आर्यान लार्का र जुनाइद सिद्विक्युले १–१ विकेट लिए ।

घरेलु टोली नेपालले आजको खेल जिते एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यता जोगाउने छ । यता, युएईलाई पनि नेपालविरुद्व निश्चित जित नै चाहिएको छ । अन्यथा ओडिआई मान्यता संकटमा पर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.