भक्तपुर । युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको चौथौं खेलमा नेपाल विजयी भएको छ ।

सोमवार भएको खेलमा नेपालले घुरेलु टोली युएईमाथि ४२ रनको जित हात पारेको हो ।

दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३० रनको विजयी लक्ष्य पछ्याएको यूइई ४५ ओभरमा अलआउट हुँदै १८७ रनमा समेतिएसंगै नेपाल ४२ रनले विजयी भएको हो ।

युएईका लागि आसिफ खानले ११५ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन जोडे ।

त्यस्तै, आर्यान लार्काले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाउँदा विकेटकिपर भित्या अरविन्दले २३ बलमा १३ रन जोडे ।

युएईका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिपी रिजवान र जाहोर खानले समान ७–७ रन जोड्दा रोहन मुस्ताफा ६, आर्यन अफजल खान २ रनमा आउट भए ।

जुनाइद सिद्वीक्यु ३ रनमा अविजित रहे । युएईले अतिरिक्त रुपमा ११ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ७ ओभर बलिङ गर्दै २६ रन दिएर १ मेदन राख्दै ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ८ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै, करन केसी, सन्दिप लिमिछाने र आरिफ शेखले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २२९ रन जोडेको थियो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ७० रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, आरिफ शेखले ५६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै ४३ रनमा अविजित रहँदा कुशल मल्लले ३२ बलमा ४ चौका र २ छक्का मद्दतमा ३२ रन जोडे ।

सन्दिप लामिछाने ४० बल खेल्दै १ चौकामा २७ रन बनाउँदै पेविलियन फर्किदा करन केसी ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्लले २६ बलमा २ चौका प्रहार गर्दै ११ रनमा आउट हुँदा प्रतिश जिसीले ६ बलको सामना गर्दै १ चौका मद्दतमा ११ रन जोड्दै अविजित रहे ।

विकेटकिपर आसिफ शेख ६, दिपेन्द्र सिंह ऐरी ४, कप्तान रोहित पौडेल १ रनमा पेविलियन फर्किए । नेपालले अतिरिक्त रुपमा ७ रन जोडेको थियो ।

युएईका लागि जुनाइद सिद्दिक्युले १० ओभर बलिङ गर्दै ५३ रन दिएर १ मेदन राख्दै ३ विकेट लिए ।

त्यस्तै, रोहन मुस्ताफाले ९ ओभर बलिङ गर्दा १ मेदन राखेर २ विकेट लिँदा आर्यान लार्काले ८ ओभरको बलिङ गर्दै ३० रन खर्चिएर २ विकेट लिए ।

पालानियापन मइयापनले ६ ओभरमा ३० रन दिएर १ विकेट लिए ।

 

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.