
भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाल सामू ३११ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा टस जित्दै पहिला ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३१० रन जोडेको हो ।
युएईका लागि आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्का प्रहार गर्दै सर्वाधिक १०१ रनको शतकिय पारी खेल्दै अविजित रहे ।
भ्रित्या अरभिन्दले १३८ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै ९४ रन जोडे ।
त्यस्तै, कप्तान मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेले ।
रोहन मुस्ताफाले ३२ बलको सामना गर्दै ३ चौका मद्दतमा २० रन जोड्दै पेविलियन फर्किदा सिपी रिजवानले ७, आर्यान लाक्राले ६ तथा आर्यान अफजल खानले ३ रन बनाउँदै आउट भए ।
घरेलु टोलीका लागि दिपेन्द्र सिंह ऐरीले ८ ओभर बलिङ गर्नेक्रममा १९ रन दिँदै २ मेदन राखेर २ विकेट लिए । त्यस्तै, स्पिनर सन्दिप लामिछाने र ललित राजबंशीले १–१ विकेट लिए ।