एजेन्सी । उपाधि दाबेदार राष्ट्र फ्रान्सले युरो कपमा विजयी सुरुवात गरेको छ ।
सोमवार राति भएको खेलमा बलियो फ्रान्सले अष्ट्रियामाथि १–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
जर्मनीको डुस्सेलडोर्फस्थित डुस्सेलडोर्फ एरिना रंगशालामा भएको खेलमा अष्ट्रियाका डिफेन्डर म्याक्स वबेरको आत्मघाती गोलमार्फत् फ्रान्सले जित हात पार्यो ।
पहिलो हाफको ३८ औं मिनेटमा वेबेरले आत्मघाती गोल गर्दा फ्रान्स १–० ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल भने निस्किएन ।
फ्रान्सले समूह ‘डी’ ३ अंक जोडेको छ ।
गयराति नै भएको अर्को खेलमा बलियो बेल्जियम स्लोभाकियासंग १–० ले स्तब्ध बनेको छ ।
जर्मनीको फ्याङ्कफ्रुट एरिना रंगशालामा भएको खेलमा खेल सुरु भएको सातौं मिनेटमा स्लोभाकियाका इभान स्चारान्जले गोल गरे ।
सोहि गोल निर्णायक बन्दा स्लोभाकिया १–० ले विजयी भए ।
महत्वपूर्ण जितसंगै स्लोभाकियाले समूह ‘इ’ मा ३ अंक जोडेको छ ।