एजेन्सी । जर्मन महारथी बायर्न म्युनिख बुडेसलिगाअन्तर्गत खेलमा वेर्डेर ब्रेमेनसंग पराजित भएको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको बायर्न म्युनिख तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी वेर्डेर ब्रेमेनसंग १–० ले पराजित भएको हो ।
म्युनिखस्थित एलियान्ज एरिना रंगशालामा भएको खेलमा दोस्रो हाफको ५९ औं मिनेटमा भ्रमणकारी टोलीका मिट्चेल वैसरले गरेको गोल निर्णायक बन्दा म्युनिख घरमै पराजित भयो ।
पराजयसंगै म्युनिखको उपाधि रक्षा अभियानमा धक्का लागेको छ ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको बायर लेभरकुसेनसंग म्युनिख ७ अंकले पछि परेको छ ।
म्युनिखको १७ खेलबाट ४१ अंक रहेको छ ।
यता, वेर्डेर ब्रेमेनले भने १८ खेलबाट २० अंक जोड्दै तालिकाको १२ औं स्थानमा उक्लिएको छ ।