एजेन्सी । इंग्लिस प्रिमियर लिगमा यो साता हेभिवेट म्यानचेस्टर डर्बी खेलमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ ।
आईतवार राति भएको डर्बी खेलमा साविक विजेता म्यानचेस्टर सिटीले चिरपरिचित छिमेकी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन फिल फोडेनले दुई गोल गर्दा अर्को एक गोल इर्लिङ हालान्डले गरे ।
यता, भ्रमणकारी टोली युनाइटेडका लागि भए मार्कुस रासफोर्डले एफ गोल गरे ।
खेल सुरु भएको ८ औं मिनेटमा काउन्टर अट्याकमा ब्रुनो फर्नान्डेजको पासमा रासफोर्ड लामो दुरीबाट शक्तिशाली प्रहार गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलमा निरन्तर विपक्षी माथि दवाव सिर्जना गरेको सिटीले दोस्रो हाफको ५६ औं मिनेटमा रोड्रीको पासमा फोडेनले बराबरी गोल फर्काए ।
त्यस्तै, ८० औं मिनेटमा जुलियान अल्भारेजको असिस्टमा फोडेनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा रोड्रीको पासमा हालान्डले गोल थप्दा सिटी ३–१ ले विजयी भयो ।
पुनरागमन जितसंगै सिटीले २७ खेलमा ६२ अंक जोड्दै तालिकाको दा्स्रो स्थानमा कायम रहेको छ ।
पराजित युनाइटेडको भने समान २७ खेलमा ४४ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।