भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यसअघि देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएर काम गरेका थिए ।

क्यानले मूख्य प्रशिक्षक नियुक्तिका लागि दर्खास्त आह्वान गर्दा २४ जनाले आवेदन दिएका थिए । जसमा मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता क्यानले लिएको थियो ।

निर्वतमान मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.