
भक्तपुर । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हङकङ चाइनासंग बराबरी खेलेको छ ।
विहिवार साँझ भएको खेलमा नेपालले बलियो घरेलु टोली हङकङ चाइनासंग गोलरहित बराबरी खेलेको हो ।
हङकङको घरेलु मैदान हङकङ स्टेडियममा भएको खेलको इन्जुरी समयमा नेपाली टोली १० खेलाडीमा समेतियो ।
परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका मणि लामाले इन्जुरी समयको तेस्रो मिनेटमा रातो कार्ड खान पुग्दा नेपाल १० खेलाडीमा समेतियो ।
तर, नेपालले खेललाई बराबरीमा भने रोक्न सफल भयो ।