
भक्तपुर । स्पेनको दोस्रो श्रेणीको क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी ११ लाई पराजित गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३–० ले हराएको हो ।
कासेरेन्योको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले गोल गरे ।
खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै भ्रमणकारीलाई सुरुवातीअग्रता दिलाएका थिए । ३० औं मिनेटमा गोन्जालेजले गोल गर्दै कासेरेन्योलाई २–० को अघि बढाए ।
खेलको अन्त्यतिर ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३–० को सहज जित दिलाए ।
अब कासेरेन्योले भोली अर्थात विहिवार काठमाडौंको दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
मैत्रीपूर्ण खेल स्पेनस्थित नेपाली राजदुतावास, एन्फा, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।