
भक्तपुर । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरमाथि जित निकालेको छ ।
शुक्रवार साँझ भएको खेलमा नेपालले सिंगापुरमाथि १–० को जित निकालेको हो ।
सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई जिताउन जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे ।
सुरु भएको १२ औं मिनेटमा जिलेस्पीले गरेको गोल नै निर्णायक बन्दा नेपाल १–० ले विजयी बन्यो ।
अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले डेब्युमै नेपाललाई सुखद सन्देश पनि दिए ।
एसियन कप छनोटको तयारी स्वरुप खेलिएको खेलमा जित निकालेसंगै नेपाली टोलीको आत्मबल उच्च बनेको छ ।