भक्तपुर । नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न भारत प्रस्थान गरेका छन् ।
भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, सदस्यहरु पुरुषोत्तम थापा, रुपेश अधिकारी, सरिला श्रेष्ठ, महिला संघकी अध्यक्ष समेत रहेकी पेमा डोल्मा लामालगायतले बिदाइ गरेका थिए ।
मैत्रीपूर्ण २५ सदस्यीय नेपाली राष्ट्रिय महिला टोलीलाई मुख्य प्रशिक्षक अनन्त थापाले नेतृत्व गर्नेछन् । भारतसँगको खेल फागुन ३ र ५ गते चेन्नईमा हुनेछ ।