एजेन्सी । सन् २०२३ को फिफा बर्ष खेलाडी अवार्ड लियोनल मेसीअ‍ैटाना बोनमतीले जितेका छन् ।

सन् २०२३ को फिफा वर्ष खेलाडी पुरुष विधातर्फको अवार्ड अर्जेन्टिना तथा इन्टर मियामीका कप्तान लियोनल मेसी र महिला विधातपको अवार्ड स्पेन तथा बार्सिलोनाकी खेलाडी अ‍ैटना बोन्मतीले जितेका हुन् ।

सोमवार राति विश्व फुटबल महासंघ (फिफा) ले इंग्ल्याण्डको लण्डनमा एक भव्य कार्यक्रमको आयोजना गरि उत्कृष्ट फुटबल अवार्ड्स वितरण गरेको हो ।

अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकपको उपाधि जिताएका ३६ वर्षिय अर्जेन्टिनी फरवार्डले फ्रान्सेली कप्तान केलियन एम्बाप्पे र नर्वेजियन फरवार्ड इर्लिङ हालान्डलाई पछि पार्दै फिफा वर्ष खेलाडी अवार्ड जिते ।

यता, अष्ट्रेलिया तथा न्युजिल्याण्डमा सम्पन्न महिला फिफा विश्वकप विजेता स्पेनकी २५ वर्षिय खेलाडी अ‍ैताना बोनमतिले आफ्नै सहकर्मी स्पेनकी जेनिफर हेरमोसो र कोलम्बियाकी लिन्डा काइसेडोलाई पछि पार्दै महिला वर्ष खेलाडी अवार्ड जितिन् ।

अन्य विधातर्फ फिफा उत्कृष्ट पुरुष प्रशिक्षकमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप ग्वाड्रिओला घोषित हुँदा फिफा उत्कृष्ट महिला प्रशिक्षक इंग्ल्याण्डकी डच प्रशिक्षक सेरिना वेइगम्यान चुनिइन् ।

यता, उत्कृष्ट पुरुष वर्ष गोलरक्षक म्यानचेस्टर सिटीका ब्राजिलियन गोलकिपर एर्डसन घोषित हुँदा उत्कृष्ट महिला गोलरक्षक म्यानचेस्टर युनाइटेडकी इंग्लिस गोलकिपर म्यारी इप्र्स घोषित भईन् ।

प्रतिष्ठित पुकास अवार्ड गुइलहेर्मे मडरुगाले जित्दा वर्ष फेयर प्ले अवार्ड ब्रजिल पुरुष राष्ट्रिय फुटबल टोलीले जित्यो

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.