
एजेन्सी । अर्जेन्टिनी कप्तान तथा पेरिस सेन्ट जर्मन (पिएसजी) का फरर्वाड लियोनल मेसीले सन् २०२२ को उत्कृष्ट पुरुष खेलाडी अवार्ड जितेका छन् ।
पुरुषतर्फको विधामा मेसीले फ्रान्सेली खेलाडीद्वय केलियन एम्बाप्पे र करिम बेन्जामालाई पछि पार्दै फिफा वर्ष खेलाडी अवार्ड जितेका हुन् ।
अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले सन् २०२२ मा राष्ट्र र क्लबलाई गरि कुल ४९ खेल खेलेका छन् । त्यसमा २७ गोल गरेका थिए । मेसीकै कप्तानीमा अजेन्टिनाले कतार विश्वकपसमेत जितेको थियो ।
मंगलवार फ्रान्सको राजधानी पेरिसमा भएको कार्यक्रममा मेसीले आफ्नो करियरमा दोस्रोपटक उक्त अवार्ड जितेका हुन् ।
अन्य विधातर्फ अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कोलोनी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित हुँदा गोलकिपरतर्फ अर्जेन्टिना तथा एस्टनभिल्लाका एमिलियानो मार्टिनेजले वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड जिते ।
फिफा फ्यान अवार्ड अर्जेन्टिनी फ्यानले जित्दा उत्कृष्ट फेयरप्ले अवार्ड लुका लोचोस्भिलीले जित्यो ।
