
भक्तपुर । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि थ्रीस्टार क्लबले मेघराज केसीलाई मूख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
थ्री स्टार क्लबले एक वर्षका लागि नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका प्रशिक्षकसमेत रहेका केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पछिल्लो संस्करणको लिगमा सातदोबाटो युथ क्लबको प्रशिक्षण सम्हालेका केसीले यसअघि पनि थ्रीस्टारको प्रशिक्षक रहिसकेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।