भक्तपुर । कतार विश्वकपमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । महत्वपूर्ण जितसंगै अर्जेन्टिनाको दवाव पनि कम भएको छ ।
अर्जेन्टिनाले मेक्सिकोमाथि २–० को जित हात पारेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी र इन्जो फर्नान्डेजले एक एक गोल गरे ।
सनिवार राति लुसाइल आइकोनिक रंगशालामा मेसीले खेलको ६४ औं मिनेटमा डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० ले अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा युवा खेलाडी फर्नान्डेजले खेलको ८७ औं मिनेटमा गोल थप्दा अर्जेन्टिना २–० ले विजयी रह्यो । दोस्रो गोलका लागि मेसीले नै असिस्ट गरेका थिए ।
महत्वपूर्ण जितसंगै उपाधि दाबेदार टोली अर्जेन्टिनाले ३ अंक हात पारेको छ । योसंगै समूह ‘सी’ बाट अघिल्लो चरण प्रवेशको सम्भावना खुल्ला बनेको छ ।
समूहका दुई चरणका खेल सकिँदासम्म पोल्याल्ण्ड ४ अंकका साथ शीर्ष स्थानमा रहँदा अर्जेन्टिना र साउदी अरबियाको समान ३–२ अंक छ । अर्जेन्टिनासंग पराजित भएको मेक्सिकोको १ अंक छ ।
अब यो समूहबाट विश्वकपको अन्तिम १६ प्रवेश गर्ने दुई टोलीको छिनोफनो समूहको अन्तिम चरणको खेलबाट हुने भएको छ ।