भक्तपुर । पहिलो दक्षिण एसियाली मुवाथाई सम्मेलनमा भाग लिन नेपाल मुवाथाई संघका प्रतिनिधि र खेलाडी भारत प्रस्थान गरेका छन् ।
दक्षिण एसियाली मुवाथाई महासंघको आयोजनामा भारतको त्रिपुरा अग्रलतामा डिसेम्बर १५ देखि १७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको हो ।
सम्मेलनमा दक्षिण एसियाली मुवाथाई महासंघको अधिवेशन हुनका साथै रेफ्री, कोच, सेमिनार पनि हुनेछ ।
सम्मेलनमा नेपाल मुवाथाई संघका महासचिव सुदिप पण्डित क्षेत्री, महिला प्रतिनिधि तुलसी थापा मगर र खेलाडी योगकुमार थापाले सहभागीता जनाउने छन् ।
नेपाली टोलीलाई नेपाल मुवाथाई संघका कार्यवहाक अध्यक्ष सम्पन्न श्रेष्ठले सोमबार एक कार्यक्रमका बीच विदाई गरेका छन् ।