Shreyas Iyer (c) of Punjab Kings and Marcus Stoinis of Punjab Kings celebrating win celebrating win during the qualifier 2 mach of the Indian Premier League season 18 (IPL 2025) between Punjab Kings and Mumbai Indians held at the Narendra Modi Stadium, Ahmedabad on the 1st June 2025 Photo by: s Saikat Das / Sportzpics for IPL

एजेन्सी । मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाब किंग्स १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

आईतवार राति भएको दोस्रो क्वालिफायर खेलमा पाँचपल्टको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाब किंग्स फाइनलमा प्रवेश गरेको हो ।

योसंगै पञ्जाबले उपाधिका लागि मंगलवार राति रोयल च्यालेन्जर्स बेङ्गलुरुसंग खेल्ने तय भएको छ ।

पराजित मुम्बईको यात्रा भने क्वालिफायरबाटै टुंगिएको छ ।

भारतको गुजरातस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा २०४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पञ्जाबले १९ ओभरको खेलमा ५ विकेट गुमाएर २०७ रन जोड्दै रोमाञ्चक जित रच्यो ।

पञ्जाबलाई जिताउन कप्तान श्रेयस अय्यरले कप्तानी पारी खेल्नेक्रममा ४१ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रन जोडेर अविजित रहँदा नेहाल वाधेराले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर जोश इंग्लिसले २१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान प्रियान्स आर्याले १० बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गरेर २० रन बनाएर पेविलियन फर्किए ।

यता, अर्का ओपनर प्रभसिमरन सिंह ६ र शशांक सिंह २ रनमा पेविलियन फर्किदा मार्कुस स्टोइनिस भने २ रनमा अविजित रहे ।

पञ्जाबले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

मुम्बईका लागि आश्वानी कुमारले २ विकेट लिँदा कप्तान हार्दिक पाण्डेया र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर २०३ रन जोड्यो ।

मुम्बईका लागि सुर्यकुमार यादवले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन बनाएर आउट हुँदा तिलक बर्माले २९ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गरेर ४४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, नमन धिरले १८ बलमा ७ चौका प्रहार गर्दै ३७ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर जोनी बैीस्ट्रोले २४ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेर पेविलियन फर्किए ।

यता, हार्दिक पाण्डेयाले १३ बल खेल्दै १ चौका मद्दतमा १५ रन जोडेर आउट हुँदा अर्का ओपनर रोहित शर्मा ८ रनमा पेविलियन फर्किए ।

राज बावा ८ रनमा अविजित रहँदा मिट्चेल सान्टनेर शुन्य रनमा अविजित रहे ।

मुम्बईले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

पञ्जाबका लागि अजमतुल्लाह ओमारजायीले २ विकेट लिँदा मार्कुस स्टोइनिस, केयल जमिइसन, विजय कुमार र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.