एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकता नाइट राइडर्स प्लेअफमा प्रवेश गरेको छ ।
सनिवार राति भएको आईपिएल खेलमा पाँच पटकका विजेता मुम्बई इन्डियन्समाथि १८ रनको जित निकाल्दै कोलकता नाइट राइडर्सले प्लेअफमा प्रवेश गरेको हो ।
वर्षाले प्रभावित भएको खेलमा महत्वपूर्ण जित निकालेको शीर्ष स्थानमा रहेको कोलकताले १२ खेलबाट १८ अंक जोडेको छ ।
योसंगै जारी सिजन कोलकता सुपर चारमा पुग्ने पहिलो टोली बनेको छ ।
ु
पराजित मुम्बईको भने १३ खेलमा ८ अंकसहित तालिकाको ९ औं स्थानमा रहेको छ ।
कोलकताको घरेलु मैदान इडेन गार्डेन रंगशालामा भएको खेलमा १५८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले १६ ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १३९ रन जोड्न सक्यो ।
वर्षाले ढिलो गरि खेल सुरु भएपछि निर्धारित २० ओभरबाट खेललाई १६ ओभरमा झारिएर खेलाइएको थियो ।
मुम्बईका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर इशान किसनले २२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट हुँदा तिलक बर्माले १७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेर ३२ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर तथा पुर्व कप्तान रोहित शर्माले २४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा नमन धिरले ६ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।
यता, सुर्यकुमार यादवले १४ बलमा १ चौका मद्दतमा ११ रन जोडेर आउट हुँदा नेहाल वाधेरा ३ रनमा रनआउट भए ।
कप्तान हार्दिक पाण्डेया २ रनमा पेविलियन फर्किदा अन्शुल कामबोज २ रन पियुष चावला १ रनमा अविजित रहे ।
टिम डेभिड भने शुन्य रनमा पेविलियन फर्किए ।
मुम्बईले अतिरिध्m रुपमा १२ रन जोड्यो ।
कोलकतालाई जित दिलाउन एन्ड्रे रस्सेल, वरुण चक्रवती र हर्षित राणाले समान २–२ विकेट लिँदा सुनिल नारिनेले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित १६ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५७ रन जोड्यो ।
कोलकताका लागि भेनकतेश ऐयरले २१ बलमा ६ चौका र २ छक्का प्रहार र्गै ४२ रन जोड्दा नितेश राणाले २३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर रनआउट भए ।
त्यस्तै, एन्ड्रे रस्सेलले १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा रिंकु सिंहले १२ बल खेल्दै २ छक्का प्रहार गरेर २० रन जोडेर पेविलियन फर्किए ।
यता, रामदिप सिंहले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर अविजित रहँदा मिट्चेल स्टार्क २ रनमा अविजित रहे ।
कप्तान श्रेयस ऐयर ७ रनमा पेविलियन फर्किदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर फिल साल्ट ६ र अर्का ओपनर सुनिल नारिने शुन्य रनमा पेविलियन फर्किए ।
कोलकताले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
मुम्बईका लागि पियुष चावला र जसप्रित बुमराहले समान २–२ विकेट लिँदा अन्शुल कामबोज र नुवान थुशाराले ११ विकेट लिए ।