
एजेन्सी । मिलान डर्बीमा एसी मिलानलाई पराजित गर्दै इन्टर मिलानले सुपर कोपा इटालियानाको उपाधि जितेको छ ।
बुधवार राति भएको फाइनल खेलमा इन्टर मिलानले एसी मिलानमाथि ३–० को जित हात पार्दै उपाधि जितेको हो ।
किंग फहाद रंगशालामा भएको इटालियन नकआउट प्रतियोगिताको उपाधि भिडन्तमा चिरपरिचित छिमेकी प्रतिद्वन्दीहरु आमने सामने भएका थिए ।
इन्टरका लागि खेलको १० औं मिनेटमा फेडेरीको डिमार्कोले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए ।
त्यसपछि २१ औं मिनेटमा इडेन डेज्कोले गोल गर्दा खेलमा इन्टर २–० ले अगाडी बढ्यो ।
यता, दोस्रो हाफको ७७ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल थप्दा इन्टर ३–० को आरामदायी अवस्थामा पुग्यो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल इन्टरले जित्यो । जितसंगै इन्टरले सिजनको पहिलो उपाधि जित्यो ।