एजेन्सी । एसी मिलानले इटालियन सिरी एअन्तर्गत खेलमा इन्टर मिलानमाथि जित निकालेको छ ।
आईतवार राति भएको मिलान डर्बी खेलमा एसी मिलानले इन्टर मिलानमाथि २–१ को जित निकालेको हो ।
स्टाडिओ गिउस्सेप्पे मियाजा रंगशालामा भएको खेलमा एसी मिलानलाई जिताउन क्रिस्टियन पुलिसिक र माटेओ गाबियाले गोल गर्दा इन्टरका लागि फेडेरिको डिमार्कोले एक गोल फर्काए ।
खेल सुरु भएको १० औं मिनेटमा पुलिसिकको गोलमार्फत् एसी मिलानले सुरुवाती अग्रता लियो ।
तर, २७ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, खेलको अन्त्यतिर ८९ औं मिनेटमा टिजानी रैजेन्डर्सको पासमा गाबियाले गोल गर्दा एसी मिलान २–१ ले विजयी भयो ।
जितसंगै एसी मिलानले ५ खेलबाट ८ अंक जोडेर लिग तालिकाको सातौं स्थानमा रहेको छ ।
पराजित इन्टरले पनि समान ५ खेलमा ८ अंक नै भएतापनि गोलअन्तरका आधारमा छैटौं स्थानमा रहेको छ ।