MILAN, ITALY - FEBRUARY 14: Brahim Diaz of AC Milan scores the team's first goal past Fraser Forster of Tottenham Hotspur during the UEFA Champions League round of 16 leg one match between AC Milan and Tottenham Hotspur at Giuseppe Meazza Stadium on February 14, 2023 in Milan, Italy. (Photo by Catherine Ivill/Getty Images)

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको राउण्ड अफ १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब टोटनहममाथि जित हात पार्दै एसी मिलानले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

मंगलवार राति भएको खेलमा सिरी ए क्लब एसी मिलानले प्रिमियर लिग क्लब टोटनहममाथि १–० को जित हात पारेको हो ।

मिलानको घरेलु मैदान गिउसेप्पे म्याजा रंगशालामा भएको खेलमा एकमात्र निर्णायक गोल खेलको सातौं मिनेटमा ब्राहिम दाइजले गरेका थिए ।

स्पर्सका रुपमा समेत चिनिने टोटनहमले पाएका केहि राम्रो मौका सदुपयोग गर्न नसक्दा घरेलु टोलीसंग पराजित हुन पुग्यो । उसो त मिलानले पनि केहि राम्रा मौका बुनेतापनि थप गोल भने गर्न सकेन ।

युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेग खेल टोटनहमको घरेलु मैदानमा मार्च ९ तारिखमा हुनेछ । सो खेलले च्याम्पियन्स लिगको अन्तिम ८ पुग्ने टोलीको निर्णय गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.