एजेन्सी । लियोनल मेसीले ह्याट्रिक गरेको मेजर लिग सकर खेलमा इन्टर मियामीले न्यु इंग्लयाण्ड रेभुलेसनमाथि फराकिलो जित निकालेको छ ।

आईतवार विहान भएको खेलमा इन्टर मियामीले न्यु इंग्लयाण्ड रेभुलेसनमाथि ६–२ को फराकिलो जित निकालेको हो ।

मियामीको घरेलु मैदान चेस स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि मेसीको ह्याट्रिक अलावा लुइस सुवारेजले दुई तथा बेन्जा क्रेमास्चीले एक गोल थपे ।

पराजित भ्रमणकारी टोलीका लागि लुका लाङगोनी र डेलान बोरेरोले एक–एक गोल गरे ।

खेल सुरु भएको दोस्रो मिनेटमै लाङगोनीको गोलमार्फत् भ्रमणकारी टोलीले सुरुवाती अग्रता लियो ।

त्यसपछि ३४ औं मिनेटमा अलहसन युसुफको पासमा बोरेरोले गोल थप्दा भ्रमणकारी टोली २–० ले अघि बढ्यो ।

तर, ४० औं मिनेटमा डेभिड मार्टिनेजको पासमा सुवारेजले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।

त्यसको तीन मिनेटपछि नै याननिक ब्राइटको पासमा सुवारेजले व्यक्तिगत रुपमा दोसो गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।

यता, दोस्रो हाफको ५८ औं मिनेटमा जोर्डी अल्भाको पासमा क्रेमास्चीले गोल गर्दा मियामी ३–२ ले अघि बढ्यो ।

त्यस्तै, ७८ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान आएका कप्तान मेसीले सुवारेजको पासमा गोल थप्दा मियामी ४–२ ले अघि बढ्यो ।

त्यसको तीन मिनेटपछि नै ८१ औं मिनेटमा अल्भाको पासमा मेसीले दोस्रो गोल गर्दा घरेलु टोली ५–२ ले अघि बढ्यो ।

खेलको अन्त्यतिर ८९ औं मिनेटमा सुवारेजकै पासमा मेसीले ह्याट्रिक पूरा गर्दा मियामी ६–२ ले विजयी भयो ।

फराकिलो जितसंगै मियामीले ३४ खेलबाट ७४ अंक जोड्दै लिग तालिकाको ग्रुप इस्टमा शीर्ष स्थानमा कायम रहेको छ ।

योसंगै मियामीले लिग इतिहासमा हालसम्मकै बढी अंक जोड्न सफल भयो ।

मियामीले एमएलएस २०२४ सपोटर सिल्ड पनि जित्न सफल भयो ।

पराजित न्यु इंग्ल्याण्ड समान ३४ खेलबाट ३१ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.