एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिड माल्लोर्कासंग स्तब्ध भएको छ ।
आइतवार भएको खेलमा साविक विजेता समेत रहेको रियल मड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी माल्लोर्कासंग १–० ले पराजित भएको हो ।
इस्टादी माल्लोर्का सन माइक्स रंगशालामा खेलको १३ औं मिनेटमा मड्रिडका नाचोको आत्मघाती गोलमार्फत घरेलु टोलीले खेलमा १–० को अग्रता लिएको थियो ।
निरन्तर खेलमा पकड बनाएको मड्रिडले पहिलो हाफमा गोल भने गर्न सकेन । तर, दोस्रो हाफको ६० औं मिनेटमा प्राप्त पेनाल्टीलाई मार्को एसेन्सियोले खेर फाल्दा मड्रिडले खेल बराबरी गर्ने सुनौलो मौका सदुपयोग गर्न सकेन ।
त्यसयता सिर्जना भएका केहि सुन्दर अवसरलाई पनि मड्रिडले पोलको दिशा दिन नसक्दा मड्रिड घरेलु टोलीसंग १–० ले पराजित हुन पुग्यो ।
हारसंगै मड्रिडले लिग लिडर बार्सिलोनासंगको अंक दुरी घटाउने सुनौलो अवसरसमेत गुमायो ।
मड्रिडको ला लिगामा २० खेल सक्दा ४५ अंक छ । मड्रिड तालिकाको दोस्रो स्थानमा छ ।
यता, मड्रिडलाई स्तब्ध तुल्याएको माल्लोर्काले २० खेलमा २८ अंक जोड्दै लिग तालिकाको १० औं स्थानमा रहेको छ ।