एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा मालोर्कामाथि साँघुरो जित निकालेको छ ।
बुधवार राति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी मालोर्कामाथि १–० को साँघुरो जित निकालेको हो ।
मड्रिडस्थित स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोली मड्रिडको जितमा एन्टोनियो रुड्रिगरले निर्णायक गोल गरे ।
दोस्रो हाफको ७८ औं मिनेटमा लुका मोड्रिचको पासमा रुड्रिगरले गोल गरे ।
साघुँरो जितसंगै मड्रिडले १९ खेलबाट ४८ अंक जोड्लै लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।
समान खेलबाट समान अंक भएको जिरोना भने गोलअन्तरका आधारमा लिग तालिकामा दोस्रो स्थानमा रहेको छ ।
यता, पराजित मालोर्काको भने १९ खेलमा १८ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।