भक्तपुर । २० वर्षमूनीको साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले भुटानमाथि फराकिलो जित हात पार्दै प्रतियोगितामा पहिलो जित निकालेको छ ।

आइतवार भएको खेलमा नेपालले भुटनमाथि ४–० को जित हात पार्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

बंगलादेशको ढाकामा भएको खेलमा नेपालकी अमिशा कार्कीले ह्याट्रिक गर्दा कप्तान प्रिती राईले पनि एक गोल गरिन् ।

खेलको १९ औं मिनेटमा अमिशाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । अमिशाले नै पहिलो हाफको अन्त्यतिर गोल गर्दा नेपाल २–० ले अघि बढ्यो ।

दोस्रो हाफको ६१ औं मिनेटमा कप्तान प्रितीले गोल गर्दा नेपाल ३–० को अरामदायी अवस्थामा अघि बढ्यो ।

त्यसपछि खेलको ६२ औं मिनेटमा अमिशाले व्यक्तिगत रुपमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा नेपाल ४–० को फराकिलो अन्तरमा विजयी रह्यो ।

नेपाल यसअघि प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा आयोजक बंगलादेशसंग ३–१ ले पराजित भएको थियो ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताअन्तर्गत अन्तिम खेलमा नेपालले मंगलवार भारतसंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.