भक्तपुर । सातौं संस्करणको दक्षिण एसियाली महिला फुटबलको शीर्ष प्रतियोगिता महिला साफ च्याम्पियनसिप २०२४ नेपालमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता आयोजना कमिटी द साफ कमिसन कमिटीको सोमबार बसेको बैठकले महिला साफ च्याम्पियनसिप २०२४ नेपालमा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता अक्टोबर १७ देखि ३० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहनेछ ।

यसअघिको साफ च्याम्पियनसिप पनि नेपालमा नै भएको थियो ।

जसमा नेपाल फाइनल खेलमा बंगलादेशसंग पराजित हुँदै उपविजेतामै सिमित भएको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.