भक्तपुर । दक्षिण एसियाली महिला फुटबलको शीर्ष प्रतियोगिता साफ महिला च्यम्पियनसिपको सातौं संस्करण नेपालमा हुँदैछ ।

दक्षिण एसियाली फुटबलको शीर्ष निकाय दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने प्रतियोगिता अक्टुबर १७ देखि ३० तारिख अर्थात् कार्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रले सहभागिता जनाउँदैछ ।

प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

दुई समूहमा विभाजन गरिएको लिग चरणमा समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित दक्षिण एसियाको सर्वाधिक सफल टोली भारत र पाकिस्तान रहेको छ ।

यता, समूह ‘बी’ मा भने घरेलु टोली नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् ।

नेपाल साविक उपविजेता टोली समेत हो ।

समूह चरणका खेलबाट प्रत्येक समूहको विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

नेपालले यसपल्ट उपाधिको खडेरी टोड्ने लक्ष्य लिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.