भक्तपुर । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत खेलमा बंगलादेश र पाकिस्तानले बराबरी खेलेको छ ।
आईतवार भएको खेलमा साविक विजेता बंगलादेश र पाकिस्तानले १–१ को बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको ३१ औं मिनेटमा जहमेना मलिकले गोल गर्दै पाकिस्तानलाई १–० को अग्रता दिलाइन् ।
तर, खेलको अन्त्यतिर बंगलादेशका लागि शामसुनाहार जुनियरले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
बराबरीसंगै समूह ‘ए’ मा बंगलादेश र पाकिस्तानले १–१ अंक जोडेको छ ।