भक्तपुर । आसन्न साफ महिला च्याम्पियनसिपको लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
सोमवार एन्फाले महिला साफका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको गरेको हो ।
घोषित टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राणामगर, उषा नाथ, गिता राणा, अमृता जैसी, समिक्षा घिमिरे, निशा ठोकर, पुजा राणा, बिमला बिक, हिरा कुमारी भुजेल, सजनी ठोकर, रेणुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, दिपा शाही, सबित्रा राणामगर, अनिता बस्नेत, अमिशा कार्की, बिमला चौधरी, रश्मी कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र साबित्रा भण्डारी समेतिएका छन् ।
प्रतियोगिता आउँदो विहिवारदेखि काठमाडौंमा सुरु हुने तालिका रहेको छ ।