भक्तपुर । २० वर्षमूनीको महिला राष्ट्रिय फुटबल टिमको मूख्य प्रशिक्षकमा यम गुरुङ नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गुरुङलाई यू–२० महिला टिमको मूख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।
बंगलादेशमा सन् २०२३ को फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि एन्फाले गुरुङलाई मूख्य प्रशिक्षक नियुक्त गरेको हो ।
साथसाथै सहायक प्रशिक्षकमा सन्देश श्रेष्ठलाई पनि नियुक्ति दिएको छ । एन्फाले व्यवस्थापकको जिम्मा भने इन्दु दुवाललाई दिएको छ ।