भक्तपुर । मलेसियामा हुन गइरहेको दोस्रो संस्करणको आईसीसी महिला टि–२० विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ ।
सनिवार नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्ष मुनीको महिला विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको हो ।
पुजा महतोको कप्तनीमा रहेको टोलीमा उप–कप्तान सोनी पाख्रिन, साना प्रविन, जोट्स्निका मरासिनी, कुसुम गोदार, अलिशा यादव, साबित्री धामी, त्रिसना बिक, किरण कुनुवार, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृष्मा गुरुङ समेतिएका छन् ।
जनवरी १८ तारिखदेखि फ्रेबअरी २ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित १६ टोलीको सहभागिता रहनेछ ।
समूह ‘डी’ मा रहेको नेपालले बंगलादेशसंग १८ तारिखमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।