
एजेन्सी । नर्वेले १४ औं संस्करणको युईएफए महिला युरोमा स्विजरल्याण्डमाथि जित हासिल गरेको छ ।
बुधवार राति भएको खेलमा बलियो नर्वेले घरेलु स्विजरल्याण्डमाथि २–१ को जित हासिल गरेको हो ।
स्विजरल्याण्डको बसेलस्थित सेन्ट जाकोब रंगशालामा भएको खेलमा नेर्वेले एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्यो ।
पहिलो हाफको २८ औं मिनेटमा नदिन रइसेनले गोल गर्दा घरेलु टोली १–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ५४ औं मिनेटमा भिल्दे बोइ रिसाको पासमा अदा स्टोलस्मो हेगरबर्गले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै घरेलु टोलीका जुलिया स्टिलेर्लीले आत्मघाती गोल गर्दा नर्वे २–१ ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल भएन । जितसंगै नर्वेले समूह ‘ए’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।