
एजेन्सी । जर्मनीले १४ औं संस्करणको युईएफए महिला युरोमा पोल्याण्डमाथि सहज जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा जर्मनीले पोल्याण्डमाथि २–० को सहज जित निकालेको हो ।
स्विजरल्याण्डको गलेनस्थित क्युबुनपार्क रंगशालामा भएको खेलमा जर्मनीलाई जिताउन जुले ब्रान्ड र लिया स्चुलेरले गोल गरिन् ।
दुबै गोल दोस्रो हाफमा सम्भव भयो ।
दोस्रो हाफको ५२ औं मिनेटमा कार्लोटा गिविनको पासमा ब्रान्डले गोल गर्दै जर्मनीलाई १–० ले अघि बढायो ।
त्यसपछि ६६ औं मिनेटमा ब्रान्डको पासमा स्चुलेरले गोल गर्दा जर्मनी २–० ले विजयी भयो ।
सहज जितसंगै जर्मनीले समूह ‘सी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।