एजेन्सी । युएईमा जारी आईसीसी महिला टि–२० विश्वकपमा अष्ट्रेलियाले पाकिस्तानलाई सहजै हराएको छ ।

शुक्रवार राति भएको खेलमा साविक विजेता अष्ट्रेलियाले दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई सहजै ९ विकेटले हराएको हो ।

जितसंगै अष्ट्रेलियाले समूह चरणमा ३ खेल खेलिसक्दा शतप्रतिशत जितलाई निरन्तरता दिँदै ६ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित पाकिस्तानको भने समान ३ खेलमा १ मा जित र २ मा हारको नतिजासहित २ अंक जोडेर समूह तालिकाको चौथौं स्थानमा उक्लिएको हो ।

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ८३ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले मात्र ११ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि कप्तान तथा विकेटकिपर एलिसा हेलीले २३ बलमा ५ चौका प्रहार गर्दै ३७ रन जोडेर रिटायर्ड हर्ट हुँदा एलिस पेरीले २३ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २२ रन जोडेर अविजित रहिन् ।

त्यस्तै, ओपनर ब्याटर बेथ मोनीले १५ बलमा ३ चौका प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा आस्ली गार्डनर ७ रनमा अविजित रहिन् ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा २ रन जोड्यो ।

पाकिस्तानका लागि सदिया इकबालले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.५ ओभरमा अलआउट हुँदै ८२ रन जोड्यो ।

पाकिस्तानका लागि आलिया रियाजले ३२ बलमा ३ चौका प्रहार गरेर २६ रन जोड्दै आउट हुँदा ओपनर ब्याटर सिद्रा अमिन र इराम जाभेड समान १२–१२ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, निदा दर १०, कप्तान तथा विकेटकिपर मुनिबा अली ७ रनमा आउट हुँदा सदाफ शम्स, ओमैमा सोहिल र तुबा हस्सन समान ३–३ रनमा पेविलिय फर्किन् ।

यता, शेदा अरोब शाह १ रनमा आउट हुँदा सादिया इकबाल शुन्य रनमा अविजित रहिन् ।

पाकिस्तानले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

पाकिस्तानलाई सस्तैमा अलआउट गर्न अष्ट्रेलियाका लागि आस्ली गार्डनरले सर्वाधिक ४ विकेट लिँदा अनाबेल सथरल्यान्ड र जर्जिया वारेह्यामले २–२, तथा मेगन स्चुट र सोफी मोलिनेउक्सले १–१ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.