
एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपको सेमिफाइनल विहिवारबाट सुरु हुने भएको छ ।
मंगलवार क्वाटरफाइनलका खेलहरु सकिएसंगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।
कुल १० राष्ट्रको सहभागिता रहेको विश्वकपलाई दुई समूहमा विभाजन गरिएको थियो । सिङगल लिगका आधारमा खेलिएको समूह चरणमा शीर्ष दुई स्थानमा रहेका प्रत्येक समूहका दुई –दुई टोली सेमिफाइनलमा छानिएका हुन् ।
समूह ‘ए’ बाट अष्ट्रेलिया समूह विजेताका रुपमा र आयोजक दक्षिण अफ्रिका उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दा समह ‘बी’ बाट इंग्ल्याण्ड समूह विजेताका रुपमा र भारत उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।
अन्तिम चार अन्तर्गत पहिलो खेलमा विहिवार साविक विजेता खेल्दैछन् । उक्त खेल दक्षिण अफ्रिकाको न्युल्याण्ड्स क्रिकेट ग्राउण्डमा हुनेछ ।
त्यस्तै, इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच शुक्रवार प्रतिस्पर्धा हुनेछ । दुबै सेमिफाइनल खेल नेपाली समय अनुसार पौने ७ बजे सुरु हुनेछ ।