भक्तपुर । श्रीलंकामा आजदेखि ९ औं संस्करणको एसीसी महिला टि–२० एसिया कप सुरु भएको छ ।

उद्घाटन खेलमा अहिले नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) खेलिरहेको छ ।

दमबुल्लास्थित रानगिरी दमबुल्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो इनिङ्स सकिँदासम्म युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११५ रन जोडेको छ ।

अब नेपालले जितका लागि निर्धारित २० ओभरको खेलमा ११६ रन जोड्न पर्नेछ ।

नेपालले टस जित्दै पहिला युएईलाई ब्याटिङमा निम्याएयो ।

युएईका लागि खुशी शर्माले ३९ बलमा २ चौका प्रहार गर्दै ३६ रन जोड्दा काभिसा इगोडागेले २६ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, समैरा धर्निधर्काले १२ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा कप्तान इशा ओजा ९ बलको सामना गर्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर रनआउट भइन् ।

यता, विकेटकिपर थिर्थ सतिश र हिना होट्चान्दनी समान ९–९, रिनिथा राजिथ ६ रनमा आउट हुँदा वैस्नभे महेश अंकको खाता नै नखोली पेविलियन फर्किन् ।

रिथिका राजिथ ६ र लाभान्या केनी २ रनमा अविजित रहिन् ।

युएईले अतिरिक्त रुपमा २ रन जोड्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभर बलिङ गर्नेक्रममा १९ रन दिएर ३ विकेट लिँदा सबनम राई र कृतिका मरासिनीले समान १–१ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.