Deepti Sharma of India celebrates the wicket of Nida Dar of Pakistan during the ACC Women's T20 Asia Cup 2024 match between India and Pakistan at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo by: Pankaj Nangia / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

एजेन्सी । श्रीलंकामा जारी एसीसी महिला टि–२० एसिया कपअन्तर्गत खेलमा पाकिस्तानमाथि भारतले सहज जित निकालेको छ ।

शुत्रवार राति भएको बलिया दुई राष्ट्रबीचको खेलमा पाकिस्तानमाथि साविक विजेता भारतले ७ विकेटको सहज जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै भारतले समूह ‘ए’ मा २ अंक जोडेको छ ।

रनगिरी दमबुल्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १०९ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारतले १४.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा ओपनर ब्याटर स्मिृति मन्धानाले ३१ बलमा ९ चौका प्रहार गर्दै ४५ रन जोड्दा अर्का ओपनर शफाली बर्माले २९ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोडेर पेविलियन फर्किइन् ।

त्यस्तै, दयालान हिमालाथाले ११ बलमा ३ चौका प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा कप्तान हर्मनप्रित कौर ५ र जेमिमाह रोड्रिगुएस ३ रनमा अविजित रहिन् ।

भारतले अतिरिक्त रुपमा २ रन जोड्यो ।

पाकिस्तानका लागि सेदा अरोब शाहले २ विकेट लिँदा नशरा सन्धुले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै १०८ रन जोड्यो ।

पाकिस्तानका लागि सिद्रा अमिनले ३५ बलमा ३ चौका प्रहार गर्दै २५ रन जोड्दै आउट हुँदा तुबा हस्सनले १९ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किइन् ।

त्यस्तै, फातिमा सानाले १६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडेर अविजित रहँदा विकेटकिपर मुनिबा अलीले ११ बलमा २ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किइन् ।

यता, कप्तान निदा दर ८, आलिया रियाज ६, गुल फेरोजा ५ र सेदा अरोब शाह २ रनमा पेविलियन फर्किदा अन्य ३ खेलाडीले अंकको खाता नै खोल्न सकेनन् ।

पाकिस्तानले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

पाकिस्तानलाई सस्तैमा अलआउट गर्न भारतका लागि दिप्ती शर्माले ३ विकेट लिँदा रेनुका सिंह, पुजा भस्ट्राकर र श्रेयाङ्का पाटिलले समान २–२ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.