Indu Barma of Nepal is bowled by Sadia Iqbal of Pakistan during the ACC Women's T20 Asia Cup 2024 match between Pakistan and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 21, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

भक्तपुर । श्रीलंकामा जारी एसीसी महिला टि–२० एसिया कपमा नेपाल पाकिस्तानसंग पराजित भएको छ ।

आईतवार राति भएको खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटले पराजित भएको हो ।

पराजयसंगै नेपालले समूह ‘ए’ मा २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोडेको छ ।

पाकिस्तानको पनि समान २ खेलमा २ अंक रहेको छ ।

तर, नेट रननेटका आधारमा पाकिस्तान तालिकाको दोस्रो स्थानमा उक्लिदा नेपाल भने तेस्रोमा झरेको छ ।

रनगिरी दमबुल्लाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १०९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा मात्र १ विकेट गुमाउँदै ११० रन जोड्यो ।

पाकिस्तानका लागि ओपनर ब्याटर गुल फेरोजाले ३४ बलमा १० चौका प्रहार गर्दै ५७ को अर्धशतकिय पारी खेल्दा विकेटकिपर तथा अर्का ओपनर मुनिबा अलीले ३४ बलमा ८ चौका प्रहार गर्दै ४६ रन जोडेर अविजित रहिन् ।

त्यस्तै, तुबा हस्सन १ रनमा अविजित रहिन् ।

पाकिस्तानले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

नेपालका लागि १ मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १०८ रन जोड्यो ।

नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर अविजित रहँदा सिता राणामगरले ३० बल खेल्दै ३ चौका प्रहार गरेर २६ रन जोड्दै रनआउट भइन् ।

त्यस्तै, पुजा महतोले ३२ बल खेल्दै ३ चौका प्रहार गरेर २५ रन जोड्दै रनआउट हुँदा कविता कुनुवारले १३ बलमा ३ चौका प्रहार गर्दै १३ बल जोड्दै आउट भइन् ।

यता, रुविना क्षेत्री ८ रनमा रनआउट हुँदा सम्झना खड्का ४ रन जोड्दै पेविलियन फर्किन् ।

नेपालका अन्य ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।

नेपालले अतिरिक्त रुपमा १ जोड्यो ।

पाकिस्तानका लागि सादिया इकबालले २ विकेट लिँदा फातिमा सानाले १ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.