भक्तपुर । एसियाली महिला क्रिकेटको शीर्ष प्रतियोगिता एसीसी महिला एसिया कपका लागि प्रारम्भिक चरणबाट २० सदस्यीय नेपाली महिला टोली छनोट गरिएको छ ।

बुधवार नेपाल क्रिकेट संघ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक टोलीबाट ८ खेलाडी घटाउँदै २० सदस्यीय टोली घोषणा छनोट गरिएको हो ।

गत जेठ १० गते २८ सदस्यीय टोलीलाई समेत्दै क्यानले प्रारम्भिक टोली घोषणा गरेको थियो ।

दोस्रो चरणमा कप्तान इन्दु बर्मा, पुर्व कप्तान रुविना क्षेत्री, सिता राणा मगर, कविता कुनवार, सम्झना खड्का, कविता जोशी, विकेटकिपर काजोल श्रेष्ठ, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, क्रितिका मरासिनी, राजमती ऐरी, सबनम राई, विकेटकिपर रुबी पोडार, लक्ष्मी साउद, अलिशा खडिया, अप्सरी बेगम र अश्मिना कर्माचार्य समेतिएका छन् ।

नेपाली टोलीबाट खुशी डंगोल, करुणा भण्डारी, संगिता राई, आरती महतो, साबित्री धामी, यशोदा बिष्ट, सोनी पाख्रिन र हिलिशा गुरुङ भने बाहिरिएका छन् ।

श्रीलंकामा हुने टि–२० ढाँचाको प्रतियोगितामा नेपालसहित ८ एसियाली राष्ट्रको सहभागिता रहनेछ ।

९ औं संस्करणको प्रतियोगिता आउँदो जुलाई १९ देखि २८ तारिखसम्म सञ्चालन हुने तालिका रहेको हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.