एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा मलेसियामाथि बहराइनले जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा मलेसियामाथि बहराइनले १–० को जित हासिल गरेको हो ।
जस्सिम बिन हमद रंगशालामा भएको खेलमा अली मदनले बहराइनलका लागि एकमात्र निर्णायक गोल गरे ।
बराबरी उन्मुख खेलमा अली मदनले निर्धारित ९० मिनेटपछि थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा गोल गर्दै बहराइनलाई १–० ले विजयी दिलाए ।
महत्वपूर्ण जितंगै बहराइनको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै छ ।
समूह ‘इ’ मा रहेको बहराइनले दुई खेल खेलिसक्दा ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यो भनेको पहिलो र दोस्रो स्थानमा रहेको जोर्डन र दक्षिण कोरियाको भन्दा मात्र एक अंकले कम हो ।
यता, पराजित मलेसिया भने समूह चरणका दुबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।