एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा जोर्डनले मलेसियामाथि फराकिलो जित हासिल गरेको छ ।

सोमवार राति भएको खेलमा जोर्डनले मलेसियामाथि ४–० को फराकिलो जित हासिल गरेको हो ।

अल जानौब स्टेडियममा भएको खेलमा जोर्डनका लागि महमुद अल मार्डी र मौसा तमारीले समान दुई–दुई गोल गरे ।

खेल सुरु भएको १२ औं मिनेटमा यजान अल नैमतको पासमा मार्डीले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि १८ औं मिनेटमा तमारीले पेनाल्टीमार्फत गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारे ।

यता, ३२ औं मिनेटमा याजान अल नाइमतको पासमा मार्डीले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा जोर्डन पहिलो हाफसम्ममा ३–० ले अघि बढ्यो ।

त्यस्तै, दोस्रो हाफको ८५ औं मिनेटमा अनास अल अवादको पासमा तमारीले गोल थप्दा जोर्डन ४–० ले विजयी भयो ।

फराकिलो जितसंगै समूह ‘इ’ मा रहेको जोर्डनले तालिकामा ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित मलेसिया समूह तालिकाको पुच्छारमा रहेको छ ।

त्यसअघि गयराति नै भएको अर्को खेलमा इराकले इन्डोनेसियामाथि ३–० को जित निकाल्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.