
भक्तपुर । भक्तपुरमा जारी तेस्रो संस्करणको अन्तर विद्यालयस्तरिय भक्तपुर कपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा गोल्डेन बड स्कुलमाथि फराकिलो जित हात पार्दै मनोकामना सेकेन्डरी स्कुल फाइनलमा प्रवेश गरेको छ ।
सोमवार भएको खेलमा मनोकामना सेकेन्डरी स्कुलले गोल्डेन बड स्कुलमाथि ४–० को फराकिलो जित हात पार्दै फाइनल यात्रा तय गरेको हो ।
भक्तपुरस्थित स्थानिय महेश्वरी खेल मैदानमा मनोकामनाका लागि प्रज्वल थापामगरले २ तथा सुनिल खत्री र कृष्ण मोक्तानले १–१ गोल गरे ।
खेलको १७ औं मिनेटमा जर्सी नम्बर १२ का प्रज्वलले गोल गर्दै मनोकामनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको ४ मिनेटपछि जर्सी नम्बर ४ का सुनिलले गोल थप्दा मनोकामना खेलमा २–० ले अघि बढ्यो ।
त्यसपछि प्रज्वलले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा मनोकामना ३–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ३९ औं मिनेटमा जर्सी नम्बर ९ का कष्णले गोल गर्दा मनोकामना ४–० ले विजयी रह्यो ।
खेलको म्यान अफ द म्याच प्रज्वल थापामगर घोषित भए । उनलाई एनप्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काद्वारा ट्रफी प्रदान गरेका थिए ।