भक्तपुर । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सनिवारको तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मस्र्याङदी क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा मनाङले रोशन राणामगरको गोलमार्फत खेलको १४ औं मिनेटमा १–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ८५ औं मिनेटमा हिमालयन सुरेश कुमालको गोलमार्फत खेलमा फर्कियो ।
त्यसपछि थप गोल ननिस्केसंगै खेल १–१ को बराबरीमा सकियो । बराबरीसंगै दुबै टोलीले १–१ अंक जोडेको छ ।
त्यसअघि च्यासल रंगशालामा सनिवार भएको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गरेको गर्यो ।
नवप्रवेशी क्लब चर्च ब्वाइजले विभागिय पुलिसलाई २–१ ले पराजित गर्यो ।