भक्तपुर । जावलाखेल युथ क्लब पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमवार भएको क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङदी क्लबलाई ट्राइब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।

जावलाखेलको जितमा कप्तान विशाल तामाङ, पुस्कर खड्का, छिरिङ लामा, प्रवेश कुँवर, हरिस राज भट्ट, शिशिर लेखी र प्रदिप बुढाथोकीले गोल गर्दा हिसुब थपलिया र सेवान्त थापाको प्रहार भने मनाङका गोलकिपर जियारथ शेखले विफल पारिदिए ।

यता, मनाङका लागि भने जय गुरुङ, अशोक खवास, सुदिप श्रेष्ठ, अश्विन घोरासैनी, लक्षु थापा मगर र जियारथ शेखले गोल गर्दा निशान लिम्बु सुरज सिंह र रणदिप पौडेलको प्रहार जावलाखेलका गोलकिपर युनेश चौधरीले बचाए ।

युनेश खेलको म्यान अफ द म्याच समेत चुनिए ।

त्यसअघि पोखरास्थित पोखरा रंगशालामा भएको खेलमा दोस्रो हाफको ५५ औं मिनेटमा सुदिप श्रेष्ठको पासमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई १–० ले अघि बढाए ।

तर, खेलको ८९ औं मिनेटमा राजेश परियारले मनाङका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा बराबरीमा आयो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।

तर, उक्त समयमा दुबै टोलीबाट थप गोल ननिस्केपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइयो ।

हारसंगै ६ पटकका विजेता मनाङ प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.