एजेन्सी । रियल मड्रिड स्पेनिस सुपर कोपा दि इस्पानाको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको खेलमा भ्यालेन्सियाविरुद्व ट्राइब्रकेरमा जित हात पार्दै मड्रिड फाइनलमा प्रवेश गरेको हो ।
किंग फाहद रंगशालामा भएको खेलमा ३९ औं मिनेटमा करिम बेन्जामाले पेनाल्टी गोलमार्फत गर्दा मड्रिड १–० ले अघि बढेको थियो ।
तर, ४६ औं मिनेटमा सामुइल लिनोले गोल गर्दा खेल १–१ को बराबरीमा आएको थियो । त्यसपछि दुबै टोलीबाट थप गोल नभएपछि निर्धारित समयमा १–१ को बराबरी भएको थियो ।
त्यसपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो । जसमा मड्रिड विजयी ४–३ ले रह्यो ।
पेनाल्टी सुटआउटमा मड्रिडका लागि बेन्जामा, लोका मोड्रिच, कोनी क्रुस र मार्को एसेन्सियोले गोल गर्दा भ्यालेन्सियाका लागि इडिसन काभानी, इलेक्स मोरिबा र ह्युगो गुल्लामोनले गोल गरे । भ्यालेन्सियाको अन्य दुई प्रहार भने चुकेको थियो ।
अब उपाधिका लागि मड्रिडले रियल बेटिस र बार्सिलोनाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।