एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले फ्रान्सेली सुपरस्टर फरवार्ड केलियन एम्बाप्पेलाई सार्वजनिक गरेको छ ।

मंगलवार स्यान्टियागो बेर्नाबाउमा ८० हजारभन्दा बढी समर्थकहरुको माझ मड्रिडले एम्बाप्पेलाई सार्वजनिक गरेको हो ।

रंगशालामा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै एम्बाप्पेले आफ्नो बाल्यकालदेखिको सपना पुरा भएको बताए ।

उनले आफु मड्रिडमा गोल गर्न र उपाधि जित्नको लागिमात्रै नआएको बनाउँदै पूर्ण रुपमा मड्रिडमा समाहित हुन आएको बनाए ।

युरो कप अगाडी नै एम्बाप्पेलाई भित्र्याइसकेको मड्रिडले आज भब्य रुपमा सार्वजनिक गरेको हो ।

२५ वर्षिय फ्रान्सेली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका एम्बाप्पे यसअघि फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) मा रहेका थिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.