एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

सनिवार राति भएको फाइनल खेलमा जर्मन क्लब बुरुसिया डर्टमण्डमाथि २–० को जित निकाल्दै रियल मड्रिडले युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

योसंगै मड्रिडले क्रीतिमानी १५ औं पल्ट च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

मड्रिड युरोपेली शीर्ष प्रतियोगिताको सर्वाधिक सफल क्लब समेत हो ।

इंग्ल्याण्डको लण्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेलमा मड्रिडलाई उपाधि दिलाउन ड्यानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७४ औं मिनेटमा टोनी क्रुसको पासमा कार्भाजलले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ८३ औं मिनेटमा जुधे बेलिङघमको असिस्टमा भिनिसियस जुनियरले गोल थप्दा मड्रिड २–० ले विजयी भयो ।

यता, सन् २०१२–१३ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेल खेलिरहेको जर्मन क्लब भने फेरी एकपल्ट उपविजेता मै सिमित बन्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.