भक्तपुर । भारतिय क्लब मानेभन्ज्याङ एफसीमाथि फराकिलो जित निकाल्दै मछिन्द्र फुटबल क्लब दोस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

विहिवार भएको दोस्रो सेमिफाइनल खेलमा दार्जलिङको क्लब मानेभन्ज्याङ एफसीमाथि साविक विजेता मछिन्द्र एफसीले ५–० को फराकिलो जित निकाल्दै केपी ओली कपको फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा उपाधि रक्षा गर्ने अभियानमा रहेको मछिन्द्रका लागि विमल घर्तिमगर, स्टेफेन बिनोङ, हिसुब थपलिया, देबेन्द्र तामाङ र आयुष घलानले गोल गरे ।

स्टार खेलाडीहरुले भरिएको मछिन्द्रका लागि खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै १–० को अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि नै स्टेफेनले गोल थप्दा मछिन्दै २–० ले अघि बढ्यो ।

यता, ३६ औं मिनेटमा हिसुबले गोल थप्दा मछिन्द्र पहिलो हाफसम्ममा ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।

दोस्रो हाफको ५३ औं मिनेटमा उत्सब राईको कर्नरमा देबेन्द्रले गोल गर्दा मछिन्द्र ४–० ले अघि बढ्यो ।

त्यस्तै, खेलको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा आयुषले गोल थप्दा मछिन्द्रले ५–० को फराकिलो जित हासिल गर्न सफल रह्यो ।

त्यसअघि दशरथ रंगशालामा विहिवार नै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई ३–० ले पराजित गर्दै न्युरोड टिम (एनआरटी) फाइनलमा केपी ओली कपको प्रवेश गरेको छ ।

एनआरटीको जितमा सञ्जिब बिष्टले दुई गोल गर्दा विवेक गुरुङले एक गोल गरे ।

खेल सुरु भएको पाँचौ जितमा विवेकले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ४९ औं मिनेटमा सञ्जिबले गोल गर्दै एनआरटीलाई २–० ले अघि बढाए ।

त्यस्तै, ५६ औं मिनेटमा सञ्जिबले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा एनआरटी ३–० ले विजयी भयो ।

अब उपाधिका लागि साविक विजेता मछिन्द्र एफसी र एनआरटीले सनिबार फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.