भक्तपुर । काठमाडौ डर्बीमा जित हासल गर्दै मछिन्द्र एफसीले केपी ओली फुटबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।

सनिवार भएको फाइनल खेलमा साविक विजेतासमेत रहेको मछिन्द्र एफसीले चिरपरिचित सहरी प्रतिद्वन्दी न्युरोड टिम (एनआरटी) माथि ट्राइब्रेकरमा ५–४ ले जित हासिल गर्दै उपाधि रक्षा गर्न सफल भएको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेल निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।

दोस्रो संस्करणको प्रतियोगिता मछिन्द्रलाई जिताउन ट्राइब्रेकरमा सनिस श्रेष्ठ, दिवाकर चौधरी, स्टेफेन विनोङ, क्रिस्टोफरले गोल गरे ।

यता, एनआरटीका लागि सञ्जिब विष्ट, सरोज, अभिषेक लिम्बु र मोहित गुरुङले गोल गर्दा विवेक गुरुङको प्रहार भने चुक्न पुग्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.