
भक्तपुर । काठमाडौंमा मंगलवारदेखि टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिज हुने भएको छ ।
काठमाडौंमा फ्रेबअरी २७ तारिखदेखि मार्च ५ तारिखसम्म नेपालसहित नामिबिया र नेडरल्याण्ड्स समिल्लित टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिज हुने भएको हो ।
टि–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आईतवार नै रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
घोषित टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सुन्दिप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ शेख र अबिनाश बोहरा रहेका छन् ।
सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले नामिबियासंग मंगलवार प्रतिस्पर्धा गर्नेछ ।